Monday, June 29, 2026
Zenith Migration Education
Monday, June 29, 2026

कांग्रेस-एमालेद्वारा उपसभामुख रानालाई पदमुक्त गर्ने तयारी

Zenith Migration Education

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने प्रस्ताव अघि बढाउने तयारी गरेका छन् । त्यसका लागि सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा दुवै दलका सांसदहरूको हस्ताक्षर सङ्कलन सुरु भएको छ ।

सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस–एमाले नेताहरूबीच भएको बैठकमा महान्यायाधिवक्ता रमेश बडालसहितका कानुनी व्यक्तिहरू सहभागी थिए । बैठकमा सामाजिक सञ्जाल नियमनसम्बन्धी सर्वोच्च अदालतको फैसलासँगै उपसभामुखलाई पदमुक्त गर्ने विषयमा पनि छलफल भएको थियो । सोही छलफलको आधारमा मंगलबारदेखि प्रक्रिया अघि बढाइएको स्रोतले जनाएको छ ।

उपसभामुख रानामाथि अमेरिका लैजाने प्रयोगका लागि भिसा उपलब्ध गराउन अमेरिकी दूतावासमा आफ्नै लेटर प्याड प्रयोग गरेर चिठ्ठी पठाएको आरोप छ । सो आरोपपछि कांग्रेस र एमालेबीच उनलाई पदमुक्त गर्ने सहमति बनेको हो ।

यसैबिच राना हाल अमेरिका भ्रमणमा रहेकी छिन् । उनी साउन ३० गते अमेरिका प्रस्थान गरेकी थिइन् । राना अमेरिकामै रहँदा नेपालमा उनलाई पदमुक्त गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु