Tuesday, June 30, 2026
Zenith Migration Education
Tuesday, June 30, 2026

रवि लामिछानेको स्वास्थ्यमा समस्या, परीक्षणका लागि रगत अस्पताल पठाइयो

Zenith Migration Education

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएको छ । उनको स्वास्थ्यमा केही समस्या देखिएपछि सोमबार रगत जाँच गर्नका लागि रगत अस्पताल पठाइएको छ ।

रास्वपा प्रवक्ता मनिष झाले सभापति लामिछानेको छालामा पहेँलो जस्तो देखिएपछि स्वास्थ्य परीक्षणका लागि रगत अस्पताल पठाएको जानकारी दिए ।

प्रवक्ता झाका अनुसार सोमबार बिहान सभापति लामिछानेलाई भेट्न उपसभापति डोलप्रसाद अर्याल नख्खु कारागार गएका थिए । सो क्रममा सभापति लामिछानेको छाला पहेँलोजस्तो देखिएपछि स्वास्थ्य जाँचका लागि अनुरोध गरिएको र रगत परीक्षणका लागि अस्पताल पठाइएको हो ।

यद्यपी, रगतको रिपोर्ट भने आइनसकेको झाले बताए ।

लामिछानेलाई दुई दिन अघिमात्रै भैरहवा कारागारबाट स्थानान्तरण गरेर नख्खु कारागार ल्याइएको थियो । उक्त दिन उनलाई करिब चार सय कैदीबन्दी राखिएको ब्लकमा राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु