Monday, August 31, 2026
Zenith Migration Education
Monday, August 31, 2026

टप इन्ड टी–२० : नेपाल आज मेलवर्न स्टार्ससँग भिड्दै

Zenith Migration Education

काठमाडौँ । अष्ट्रेलियमा जारी टप इन्ड टी–२० सिरिजअन्तर्गत सोमबार नेपालले आफ्नो तेस्रो खेलमा अष्ट्रेलियाको बिग बास लिग टिम मेलवर्न स्टार्ससँग खेल्दै छ ।

यो खेल नेपाली समय अनुसार बिहान सवा ७ बजेदेखि सुरु हुनेछ। नेपालले यस अघि बंगलादेश ए सँग र एनटी स्ट्राइकसँग हार बेहोरेको थियो । त्यस्तै मेलवर्न स्टार्सले यस अघि खेलेका २ खेलमा एक जित र एक हार बेहोरेको छ।

नेपाल क्रिकेट संघ क्यानले टप इन्ड टी–२० सिरिज खेल्न रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिम अष्ट्रेलिया पठाएको छ ।

नेपाली टिममा रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, आरिफ सेख, भीम सार्की, रुपेश कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल, लोकेस बम र शहाब आलम रहेका छन् । आलम ललित राजबंशी आफ्नी आमाको मृत्यु भएका कारण जान नपाएपछि उनको ठाउँमा अष्ट्रेलिया गएका छन् ।

अष्ट्रेलियाको नार्थर्न टेरोटोरी क्रिकेटले आयोजना गर्ने यो प्रतियोगिता अगस्त १४ देखि २४ सम्म अष्ट्रेलियाको डर्विनमा हुँदै छ ।

प्रतियोगितामा नेपालसहित पाकिस्तान र बंगलादेशका ए टिम सहभागी हुँदै छन् भने शिकागो किंग्समेन, होबर्ट हुरीकेन्स, पर्थ स्कोर्चर्स, एडिलेड स्ट्राइकर्स, मेलबर्न स्टार्स, मेलबर्न रेनेगेड्स, एसिटी कमेट्स र एनटी स्ट्राइक सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु