Thursday, May 28, 2026
Zenith Migration Education
Thursday, May 28, 2026

अलास्का सम्मेलन किएभका लागि अर्थहीन भएको युक्रेनीको दाबी

Zenith Migration Education

खार्किभ (किएभ) । डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनबीच हजारौँ किलोमिटर टाढा हुने पत्रकार सम्मेलनको पर्खाइमा युक्रेनको उत्तरपूर्वी शहर खार्किभमा मध्यरातसम्म बसेका पाभ्लो नेब्रोभ पत्रकार सम्मेलनबाट युक्रेनबारे आएका कुराले आफूलाई निराश पारेको बताए ।

अलास्कामा अमेरिका र रुसी नेताहरूबीच रुसले युक्रेनमा तीन वर्षभन्दा बढी समयदेखि गरेको आक्रमणबारे छलफल भएको थियो । छलफलबारे दुबै नेताले दिएका सार्वजनिक अभिव्यक्तिले छलफल युक्रेनका बिषयमा भए पनि कुनै सफलता हासिल नगरेको युक्रेनी विज्ञहरूले दिएका प्रतिक्रियामा उल्लेख छ ।

नाट्य प्रबन्धक ३८ वर्षीय नेब्रोएभले भने, “मैले सम्मेलनको उपलब्धीलाई खार्किभबाट नियाल्ने प्रयास गरेँ । सम्मेलनको निश्कर्ष पर्खिरहेका हामीले युद्धको दौडान रूसद्वारा भारी आक्रमण गरेको क्षेत्रबाट जे सुन्यौँ, यसले आमीलाई निराश बनाएको छ । ‘रेड कार्पेट’ बैठक पुटिनको लागि स्पष्ट जीत जस्तो देखिन्थ्यो ।”

उनले भने, “सम्मेलनमा मैले जे हुन्छजस्तो सोचेको थिएँ परिणाम त्यही देखेँ। मलाई लाग्छ यो पुटिनका लागि ठूलो कूटनीतिक जीत हो। उहाँले आफूलाई पूर्ण रूपमा वैधता दिनुभएको छ ।” ट्रम्पले पुटिनलाई अमेरिकामा आमन्त्रण गरेपछि सन् २०२२ को आक्रमणपछि पश्चिमाहरूले रुसी नेतालाई बेवास्ता गर्ने क्रम भङ्ग भएको छ ।

युक्रेनका नेता भोलोदिमिर जेलेन्स्कीले यो भ्रमणलाई पुटिनको ‘व्यक्तिगत विजय’ भनेका छन् । धेरै युक्रेनीहरूले जस्तै नेब्रोएभ पनि आफ्नो देशको प्रतिनिधिहरू बिना बैठक हुने कुराले स्तब्ध भएको बताए ।

बेकार
“यो बेकारको बैठक थियो”, उनले भने, “युक्रेनसँग सम्बन्धित मुद्दाहरू युक्रेन वा युक्रेनी प्रतिनिधि र राष्ट्रपतिको सहभागितामा समाधान गरिनुपर्छ ।” सम्मेलन युक्रेनको प्रतिनिधिबिना भयो । ट्रम्पले पछि युरोपेली नेता र जेलेन्स्कीलाई छलफलबारे जानकारी गराउनुभयो र उनीहरूले सोमबार वासिङ्टनमा अमेरिकी नेतालाई भेट्ने घोषणा गरे।

ट्रम्प र पुटिनबीचको भेटवार्ता बिना कुनै सम्झौता टुङ्गिएको छ । सम्मेलनपछि ट्रम्पले पत्रकारहरूको कुनै प्रश्नको जवाफ दिए । यो मिडियाप्रेमी अमेरिकी राष्ट्रपतिका लागि अत्यन्त असामान्य कुरा हो ।

त्यसैगरी, खार्किभको एक घमाइलो पार्कमा टहलिँदै गर्दा भेटिएका ३६ वर्षीया ओल्या डोनिकलाई उद्धृत गर्दै नेब्रोएभले भने, “यो घटनाले युक्रेनीलार्ई आश्चर्यचकित पार्नेछैन किनकि उहाँलाई रूसी नेता पुटिनले कुनै सम्झौता गरिहाल्ने विश्वास लागेकै थिएन । यो केवल उनको आफूलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष वैधता दिने रणनीतिबाहेक केही थिएन ।”

डोनिकले भने, “यो बिना केही उपलब्धी समाप्त भएको छ । ठीक छ, कठिनाईका बीच युक्रेनमा हाम्रो जीवनलाई निरन्तरता दिनुको विकल्प केही छैन ।” वार्ताको केही घण्टापछि किएभका अधिकारीले रुसले राति ८५ वटा ड्रोन र एउटा ब्यालेस्टिक क्षेप्यास्त्रको प्रयोग गरी युक्रेनी भूमिमा आक्रमण गरेको बताए ।

“वार्ता होस् या नहोस्, खार्किभमाथि हरेक दिनजसो गोलाबारी भइरहेको छ”, रुसी आक्रमणका पीडितहरूको सम्मानमा देशभरि आयोजित दैनिक एक मिनेट मौनधारणका लागि रोकिएका समय ५० वर्षीया फोटोग्राफर इरिना डेरकच भने, “सम्मेलनपछि पनि खार्किभबासीले पक्कै पनि कुनै परिवर्तन महसुस गर्नेछैनन् ।”

“हामी विजयमा विश्वास गर्छौं, हामीलाई थाहा छ कि यो आउनेछ, तर परमेश्वरलाई मात्र थाहा छ कि वास्तवमा कसले यो ल्याउनेछ,’’ उनले भने ।

खाली भाँडाबाट पानी सार्ने काम
धेरै युक्रेनीहरू जस्तै डर्कचलाई पनि ट्रम्पप्रति शङ्का थियो । “हामी आफ्नो काम गर्छौँ र ट्रम्पले जे गरिरहनुभएको छ त्यसमा धेरै ध्यान दिँदैनौं,” उनले भने । किएभका ३० वर्षीया कातेरिना फुचेन्को पनि अमेरिकी राष्ट्रपति युक्रेनको वास्तविक सहयोगी नभएकोमा चिन्तित छन् ।

“मलाई लाग्दैन कि उहाँ (ट्रम्प) युक्रेनको पक्षमा हुनुहुन्छ,” उनले भने । पुटिनसँग ‘साथी’ जस्तो व्यवहार गरेको भन्दै उनले ट्रम्पको आलोचना गरे ।

“उनीहरूले सधैँ झैँ खाली गाग्रीबाट केबल देखाउन घरिघरी पानी खन्याए,” उनले भने । उनले भने, “वार्ताहरू अर्थहीन छन्, उनीहरूले ‘केही पनि’ हासिल गरेका छैनन् ।”

किएभका निवृत्त नागरिक भोलोदिमिर यानुकोभिचले युक्रेनको राजधानीमा रुसले ‘गोली चलाउँदा’ युक्रेनले पनि प्रतिकार गरोस् भन्ने आफूले अपेक्षा गरेको तर तत्काल पुटिनसँग वार्ता गर्नुको अर्थ नभएको प्रतिक्रिया दिए । फार्मासिस्ट लारिसा मेल्निकले सम्मेलनको चर्चा सुनेपनि आफ्नो देश शान्ति को नजिक छ भन्ने सोच्दै नसोचेको बताए ।

“मलाई लाग्दैन कि युद्धविराम हुनेछ”, उनले एएफपीसँग भने, “यदि बन्दूकहरू शान्त भए पनि यो अस्थायी रूपमा मात्र हुनेछ ।” सन् २००८ मा जर्जियामा भएको युद्धलाई सङ्केत गर्दै २५ वर्षीय उनले रुसले इतिहासमा पटक पटक ‘यस्ता ठूला द्वन्द्वहरू निम्त्याएको’ बताए । उनले पत्रकारले सोधेको सवालमा प्रतिप्रश्न गर्दै भने, “यस्ता ठूला द्वन्द्वहरूका विषयमा कसैले पनि किन प्रतिक्रिया देखाउँदैन ?”

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु