Wednesday, May 27, 2026
Zenith Migration Education
Wednesday, May 27, 2026

भारतका विदेश सचिव आइतबार नेपाल आउँदै

Zenith Migration Education

काठमाडौँ । परराष्ट्र सचिव अमृतबहादुर राईको सौहार्दपूर्ण निमन्त्रणामा भारतका विदेश सचिव विक्रम मिश्री नेपालको दुईदिने औपचारिक भ्रमणमा आइतबार यहाँ आइपुग्ने भएका छन् ।

भ्रमणका क्रमका सचिवद्वयबीच नेपाल–भारत साझेदारीका विभिन्न पक्षका साथै कनेक्टिभिटी, विकास सहयोग र पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यहाँ रहँदा भारतका विदेश सचिवले नेपालका उच्च अधिकारीहरूसँग पनि भेट गर्नेछन् । सचिव विक्रम सोमबार काठमाडौँबाट प्रस्थान गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु