काठमाडौँ । कुवेतमा विषाक्त मदिरा सेवनका कारण सात जाना नेपाली श्रमिकको मृत्यु भएको छ भने कतिपय श्रमिकहरु अस्पतालमा भर्ना भएका छन् । विषाक्त मदिरा सेवनका कारण यस्तो घटना घटेको कुवेत प्रहरीको प्रारम्भिक रिपोटले देखाएको छ ।
हालसम्म सात जानको मृत्यु भएको र थप के कति नेपाली श्रमिकको हताहती भएको भन्ने विवरण बुझ्ने काम भइरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिए ।
प्रवक्ता पौडेलका अनुसार हालसम्म ३५ जना नेपाली श्रमिकको कुवेतका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनिहरुको उपचारमा कुनै कमी हुन नदिन मन्त्रालयले त्यहाँस्थित कुवेत सरकार, स्वास्थ्य मन्त्रालय र स्थानीय प्रहरीसँग कुवेतस्थित नेपाली दूतावासमार्फत समन्वय गरिरहेको प्रवक्ता पौडेलले बताए ।



