Monday, May 25, 2026
Zenith Migration Education
Monday, May 25, 2026

टप एण्ड टी–२० सिरिज : नेपालले एनटी स्ट्राइकसँग खेल्दै

Zenith Migration Education

काठमाडौं । अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० सिरिजको आफ्नो पहिलो खेलमा नेपालले शुक्रबार स्थानीय टोली नर्दन टेरिटोरी (एनटी) स्ट्राइकसँग खेल्दै छ ।

डार्विनको मरारा क्रिकेट ग्राउण्ड २ मा हुने खेल दिउँसो नेपाली समयअनुसार सवा २ बजे सुरु हुनेछ । नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने एनटीको कप्तानमा जेक वेदराल्ड छन् ।

अगस्ट २४ सम्म डार्विन र पामरस्टनमा हुने यस प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टोलीसहित ११ टोलीले ३६ लिग खेल खेल्ने छन् ।

नेपालले यसपछि बंगलादेश ‘ए’, मेलबर्न स्टार्स, होबार्ट हरिकेन्स, मेलबर्न रेनिगेड्स र पाकिस्तान शाहीन्ससँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु