Monday, May 25, 2026
Zenith Migration Education
Monday, May 25, 2026

अष्ट्रेलियाको रोजगारी दर वृद्धि

Zenith Migration Education

क्यानबेरा (अष्ट्रेलिया) । अष्ट्रेलियाको बेरोजगारी दर घटेर जुलाईमा ४.२ प्रतिशत कायम भएसँगै रोजगारीमा वृद्धि भएको जनाइएको छ । यहाँ रोजगारीमा संलग्न महिलाको सहभागिता दर उच्च रहेको उल्लेख गरिएको छ ।

‘अष्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस)’ ले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कले जुलाईमा बेरोजगारी दर ४.२ प्रतिशत रहेको जनाएको छ । यो गत जुन महिनामा ४.३ प्रतिशत रहेको थियो ।

एबीएसका अनुसार जुन र जुलाईको बिचमा कार्यरत अष्ट्रेलियालीहरूको सङ्ख्या २४ हजार ५०० र जुलाईसम्म १२ महिनामा दुई लाख ६३ हजार ७०० ले वृद्धि भएको छ ।

पूर्ण समय काम गर्ने अस्ट्रेलियालीहरूको सङ्ख्या जुनदेखि जुलाईसम्म ६० हजार ५०० ले वृद्धि भएको जनाइएको छ । जुन आंशिक समयका आधारमा कार्यरत व्यक्तिहरूको सङ्ख्यामा ३५ हजार ९०० को गिरावट हो ।

पूर्ण समय काम गर्ने महिलाहरु जुलाईको बीचमा ४० हजारले वृद्धि भएको, एबीएसले जनाएको छ । महिला रोजगार–जनसङ्ख्या अनुपात र सहभागिता दर क्रमशः ६०।९ प्रतिशत र ६३.५ प्रतिशतको नयाँ रेकर्ड पुगेको जनाइएको छ ।

अष्ट्रेलियालीहरूले जुन महिनाको तुलनामा जुलाई महिनामा ०।३ प्रतिशतले बढी काम गरेको देखिएको छ ।

अष्ट्रेलियाको केन्द्रीय रिजर्भ बैङ्क मङ्गलबार जारी गरिएको अद्यावधिक पूर्वानुमानमा बेरोजगारी दर सन् २०२६ र २०२७ मा ४.३ प्रतिशतमा स्थिर हुने अपेक्षा गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु