बुटवल । जिल्ला अदालत रुपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले थुनामै पठाउने आदेश दिएको छ । सोमबार जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको एक इजलासले उक्त आदेश दिएको हो ।
बुटवलको सुप्रीम सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले यही साउन १९ गते आफूलाई जमानत लिएर रिहा गर्न माग गर्दै रुपन्देही जिल्ला अदालतमा निवेदन दर्ता गराएका थिए ।
लामिछानेले बिगोबापतको दुई करोड ७४ लाख ८४ हजार दाखिला गरिदिएको बताएका छन् ।
सुप्रिम सहकारी ठगी प्रकरणमा गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । त्यसयता गत चैत २५ देखि लामिछाने रुपन्देही कारागारमा छन् ।



