Tuesday, August 4, 2026
Zenith Migration Education
Tuesday, August 4, 2026

११ गोल खाइन्छजस्तो लागेको थिएन : प्रशिक्षक

Zenith Migration Education

काठमाडौं। नेपाली यु–२० महिला टोलीका मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले उत्तर कोरियाविरुद्ध आफूले अपेक्षा गरेभन्दा धेरै गोल खाएको बताएका छन्।

भुटानको राजधानी थिम्पुस्थित चामलिमिथाङ रंगशालामा आइतबार सम्पन्न समूह ‘ए’ को अन्तिम खेलमा नेपाल ११–० ले पराजित भएको हो।

योसँगै उत्तर कोरिया अपराजित रहँदै एसियन कपमा छनोट भएको छ। नेपाल भने समूह चरणबाटै बाहिरिएको छ। साउदी अरबमाथि १५–० र भुटानमाथि १०–० गोल वर्षाएको उत्तर कोरियाविरुद्ध यामप्रसादले डिफेन्सिभ खेल्ने प्रयास गरेका थिए। तर, सोचेजस्तो नभएको बताए।

उनले भने,‘११ गोल होलाजस्तो लागेको थिए। सकेसम्म गोल कम खाऔं भन्ने योजना थियो। तर, हाइ प्रेसिङ खेलका कारण धेरै गोल खान पुग्यौं।’

भुटानसँग १–१ को बराबरी खेलेको नेपालले साउदी अरबलाई १–० ले पराजित गरेको थियो। त्यसैले एसियन कपमा छनोट हुने सम्भावना जीवित थियो। यद्यपि, नेपाललाई उत्तर कोरियाविरुद्ध जितको विकल्प थिएन।

आक्रामक खेल खेल्ने यो टोलीविरुद्ध मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले कम गोल खान डिफेन्सिभ खेल्ने योजना बुनेका थिए। यसपटक उनले टोलीमा चार परिवर्तन गर्दै ५–३–२ को बलियो रक्षात्मक फर्मेसन प्रयोग गरे।

साउदीविरुद्धका सुरुआती ११ मै खेलेका समीक्षा मगर र मनिषा सेनको स्थानमा उनले दुई डिफेन्डर माया मास्के र सजिना स्याङ्तानलाई सुरुआती ११ मा ल्याएका थिए। तर, गोलकिपर लिला जोशीबाहेक अन्य चलेनन्।

योसँगै उत्तर कोरिया एसियन कपमा छनोट भएको छ। नेपाल भने ४ अंकसहित बाहिरिएको छ। यद्यपि, यो प्रतियोगिताबाट उनी खुसी छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु