Monday, September 28, 2026
Zenith Migration Education
Monday, September 28, 2026

दूरसञ्चारका संस्थागत ग्राहकको साइबर सुरक्षाका लागि पहल

Zenith Migration Education

काठमाडौँ । दूरसञ्चार सेवाप्रदायक एनसेलले इन्टरप्राइज ग्राहकको सुरक्षालाई थप सुदृढ बनाउन साइबर सुरक्षासँग सम्बन्धित युरोपेली कम्पनी विथसेक्योरसँग साझेदारी गरेको छ । उक्त साझेदारीमार्फत एनसेल बिजनेसले नेपाली व्यवसायलाई साइबर जोखिमको खतराबाट जोगाउन भूमिका खेल्नेछ ।

एनसेलका अनुसार विथसेक्योरले इन्डप्वाइन्ट डिभाइस सुरक्षा, डिटेक्सन र रेस्पोन्स (इडिआर/एक्सडिआर), क्लाउड सुरक्षा, असुरक्षित व्यवस्थापन, इमेल सुरक्षा र चुनौतीलगायतका समस्या समाधानमा सेवा प्रवाह गर्नेछ । यसले पछिल्लो समय बढ्दो डिजिटल सेवालाई थप सुरक्षित बनाउन सहयोग गर्नेछ ।

शुक्रबार यहाँ आयोजित साइबर भिजन, २०२५ कार्यक्रममा एनसेलका प्रमुख इन्टरप्राइज बिजनेस अधिकृत डिओन एसेन्सियोले विथसेक्योरसँगको सहकार्यले व्यवसायलाई सुरक्षित बनाउन थप सहयोग पुगेको बताए । “एनसेल बिजनेसले आफ्ना इन्टरप्राइज सेवालाई थप सुरक्षित बनाउनका लागि विथसेक्योरसँग सहकार्य गरेको हो, यसले विश्वस्तरको साइबर सुरक्षा प्रदान गर्नेछ ।”

विथसक्योरका उपाध्यक्ष पाओलो पालुम्बोले विथसेक्योर एक साइबर सुरक्षा प्रदायक कम्पनी भएको उल्लेख गर्दै एनसेलसँग दीर्घकालीन साझेदारीले नेपाली इन्टरप्राइजेजको साइबर सुरक्षामा थप सहयोग पुग्नेमा विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु