Wednesday, July 1, 2026
Zenith Migration Education
Wednesday, July 1, 2026

कुमारी बैंकको नाफा दुई अर्ब ११ करोड

Zenith Migration Education

काठमाडौँ । गत आर्थिक वर्ष २०८१/८२ मा कुमारी बैंकले दुई अर्ब ११ करोड नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो‌ ।

अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा यो चार सय गुणाले बढेको हो । अघिल्लो आर्थिक वर्षमा बैंकले ४६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकले आर्थिक वर्ष २०८०/८१मा प्रावधान रकम ६ खर्ब देखाएकोमा गत आर्थिक वर्ष २०८१/८२ मा भने २ अर्ब मात्र देखिएकोले नाफामा उछाल देखिएको हो ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी करिब सात प्रतिशतले बढेर ११ अर्ब ५५ करोड पुगेको छ । बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ ।

बैंकको यस्तो आम्दानी बढेर आठ रुपैयाँ ०६ पैसा पुगेको छ । असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा दुई अर्ब ऋणात्मक छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु