Wednesday, September 30, 2026
Zenith Migration Education
Wednesday, September 30, 2026

चीनबाट आयात बढ्दा, भारतबाट घट्यो

Zenith Migration Education

झापा । पछिल्लो समय पूर्वी नेपालको मेची भन्सारको बाटो भएर चीनबाट हुने सामानको आयात बढ्दै गएको छ । गत बर्षमात्र अघिल्लो बर्षको तुलनामा ४८ दशमलव ५ प्रतिशतले सामान आयात बृद्धि भएको छ ।

आर्थिक बर्ष २०८१/८२ मा ६ अर्व ९ करोड रुपैयाँ मुल्य बराबरको सामान आयात हुँदा १ अर्व ८३ करोड रुपयाँ राजश्व संकलन भएको छ । जुन अघिल्लो बर्ष भन्दा ५२ करोड बढी राजश्व असुली भएको मेची भन्सार कार्यालयले जनाएको छ ।

तर यता सबै भन्दा उच्च आयात हुने भारतको आयात भने घटेको छ । भारतबाट गत बर्ष ३० अर्व ४६ करोड रुपैयाँको सामान आयात हुँदा ११ अर्व ६८ करोड रुपयाँ राजश्व संकलन भएको थियो । जुन अघिल्लो बर्ष भन्दा ३ दशमलव ९ प्रतिशत कमी हो ।

चीनबाट मुख्य सामान आयात हुने सिन्धुपाल्चोक जिल्लाको तातोपानी नाकाको सडक संजालमा आएको समस्यासँगै मेची भन्सारको बाटो भएर सामान आयात परिमाण बढेको हुन सक्ने भन्सार कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत ईश्वरकुमार हुँमागाईंले बताउनु भयो ।

मेची भन्सारको बाटो भएर मुख्य गरी पेट्रोलियम पदार्थ, तरकारी, फलफुल, यातायात साधानका पार्टपूर्जा, इलेक्ट्रिक सामान, प्लाष्टिक जन्य सामान, खनिज उत्पादन, फलाम र फलामका सामान तथा लत्ता कपडाआयात हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु