Wednesday, July 1, 2026
Zenith Migration Education
Wednesday, July 1, 2026

कराते विश्व च्याम्पियनसिपका लागि सानुमाया थिङ छनोट

Zenith Migration Education

काठमाडौँ । इजिप्टमा हुने कराते विश्व च्याम्पियनसिपका लागि कराते खेलाडी सानुमाया थिङ छनोट भएकी छन् । विश्व कराते महासंघले नेपाल कराते महासंघलाई पत्र पठाउँदै नेपालकी सानुमाया आगामी विश्व च्याम्पियनसिपका लागि एकल काताका लागि छनोट भएको जनाएको हो ।

आगामी नोभेम्बर २७ देखि ३० तारिखसम्म इजिप्टको काइरो शहरमा कराते विश्व च्याम्पियन आयोजना हुँदैछ । उक्त च्याम्पियनसिपका सानुमाया छनोट भएकी हुन् । विश्व वरीयताको आधारमा उनी छनोट भएकी हुन् ।

नेपाली कराते टोलीका काता प्रशिक्षक मन्डेकाजी श्रेष्ठ छन् । उनी १३ औं दक्षिण एसियाली खेलकुदमा दोहोरो स्वर्ण पदक विजेता हुन् ।

गत मेमा उज्वेकिस्तानमा भएको एसियन च्याम्पियनसिपमा गरेको प्रदर्शनका आधारमा सानुमायाले यो सफलता पाएकी हुन् । छनोट भएर नेपाली खेलाडीले पहिलो पटक विश्व च्याम्पियनसिप खेल्ने पाउने भएकी छिन् ।

विश्व कराते महासंघले पठाएको पत्रका अनुसार नेपाल कराते महासंघले शनिवारसम्ममा विश्व च्याम्पियनसिपका लागि सानुमायाको नाम दर्ता गराइसक्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु