Saturday, May 2, 2026
Zenith Migration Education
Saturday, May 2, 2026

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेटवार्ता

Zenith Migration Education

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा शनिबार भएको सो भेटमा प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तानको अवाजा सहरमा आयोजना हुने भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा नेपालको सहभागिताका बारेमा जानकारी गराएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओली यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट २०२५) आयोजना हुने सम्मेलनमा सहभागी हुन त्यसतर्फ जाँदै छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु