Saturday, May 2, 2026
Zenith Migration Education
Saturday, May 2, 2026

सुनकोशीमा हामफालेर एक जना बेपत्ता

Zenith Migration Education

काभ्रेपलाञ्चोक । सुनकोशी नदीमा हामफाल्दा एक जना बेपत्ता भएका छन् । शनिबार दिउँसो तेमाल गाउँपालिका–३ को मलुवा भन्ने स्थानबाट ७० वर्षीय गणेश माझीले सुनकोशीमा हामफालेर बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी मिन घलेका अनुसार बेपत्ता माझीको खोजी कार्य जारी रहेको छ ।
प्रत्यक्षदर्शी स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनापछि प्रहरी चौकी पचुवारघाटको प्रहरी टोली र स्थानीयवासीले बेपत्ता माझीको खोजी गरिरहेका जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जानकारी दिएको छ । बेपत्ता माझीको अवस्था अहिलेसम्म अज्ञात छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु