Saturday, May 2, 2026
Zenith Migration Education
Saturday, May 2, 2026

मन्त्रीको पारिश्रमिक र सुविधा राजपत्रमा सूचना प्रकाशित गरेर सरकारले तोक्ने

Zenith Migration Education

काठमाडौँ । सरकारले अब राजपत्रमा सूचना प्रकाशित गरेर प्रधानमन्त्री तथा मन्त्रीको पारिश्रमिक तथा सेवा सुविधा तोक्ने व्यवस्था गरेको छ ।

केहि नेपाल ऐन संशोधनमार्फत सरकारले मन्त्रीको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०४९ लाई संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । संशोधनमार्फत मन्त्रीको पारिश्रमिक र सुविधा सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर तोक्न सकिने व्यवस्था गरिएको छ ।

साथै मन्त्रीलाई दैनिक तथा भ्रमण भत्ता पनि सरकारी कामको सिलसिलामा नेपालभित्र वा नेपाल बाहिर भ्रमण गर्दा भ्रमण भत्तासम्बन्धी प्रचलित कानूनमा निर्धारण भए बमोजिमको दैनिक तथा भ्रमण भत्ता दिइने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु