काठमाडौँ । लगातार दुई वर्षसम्म वार्षिक एक सय जना कामदार विदेश पठाउन नसक्ने म्यानपावर कम्पनी पनि नवीकरण हुने भएका छन् । केही नेपाल ऐन संशोधनमार्फत सरकारले वैदेशिक रोजगार ऐन, २०६४ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।
यस अघि ऐनको दफा दफा १३ को उपदफा १ (घ २) मा लगातार दुई वर्षसम्म वार्षिक एक सय जना पनि कामदार पठाउन नसकेको अवस्थामा म्यानपावर कम्पनीको इजाजत पत्र रद्द गर्ने व्यवस्था थियो । उक्त व्यवस्था संशोधनमार्फत हटाइएको हो ।
यद्यपि हरेक वर्ष मन्त्रिपरिषद् बैठकले पटके निर्णय गर्दै लगातार दुई वर्षसम्म कम्तिमा एक सय जना कामदार नपठाउने म्यानपावर कम्पनीलाई नवीकरण गर्ने व्यवस्था गर्दै आएको थियो ।



