Wednesday, July 1, 2026
Zenith Migration Education
Wednesday, July 1, 2026

मुख्यमन्त्री लामा राजीनामा दिन तयार

Zenith Migration Education

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर लामा मुख्यमन्त्री पदबाट राजीनामा दिन तयार भएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटपछि मुख्यमन्त्री लामा राजीनामा दिने तयारी भएका हुन् । सभापति देउवाले बुढानीलकण्ठमा बोलाएरै मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए ।

दलको नेतामा इन्द्र बानियाँसँग पराजित भए पनि लामाले मुख्यमन्त्री पदबाट राजीनामा नदिने अडान दिएका थिए । तर देउवाको निर्देशनपछि हेटौँडा फर्केर राजीनामा दिने आफू निकटका नेताहरूलाई जानकारी गराएका हुन् ।

दलको निर्वाचनमा मुख्यमन्त्री लामानिकट रहेका सांसद तीर्थ लामाले मुख्यमन्त्रीले भोलीसम्ममा राजीनामा दिने बताए । लामाले राजीनामा दिएपछि बानियाँको नेतृत्वमा नयाँ सरकार गठन प्रक्रिया अघि बढ्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु