Sunday, July 5, 2026
Zenith Migration Education
Sunday, July 5, 2026

एक एसएसपी र तीन डिएसपीसहित दुई हजार प्रहरी कारवाहीमा

Zenith Migration Education

काठमाडौँ । एक आर्थिक वर्षमा दुई हजारभन्दा बढी प्रहरी कर्मचारी कारवाहीमा परेका छन् । आर्थिक वर्ष २०८१/८२ को तथ्यांकअनुसार दुई हजार ७३ जना प्रहरी कर्मचारी कारबाहीमा परेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले बताए ।

यसरी कारबाही पर्नेमध्ये सबैभन्दा बढी तल्लो दर्जा प्रहरी जवान छ । दुई हजार ७३ प्रहरी कारबाहीमा पर्दा प्रहरी जवान मात्रै ९२४ जना छन् ।

त्यसैगरी प्रहरी सहायक हवल्दार ४२०, प्रहरी हवल्दार ३४५ कारबाहीमा परेका छन् । असई १७३,  सई ६९, वरिष्ठ हवल्दार ६०, कार्यालय सहयोगी ३९, इन्स्पेक्टर ३०, वरिष्ठ सई ९, एसएसपी १ र डीएसपी ३ जना कारबाहीमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु