Sunday, July 19, 2026
Zenith Migration Education
Sunday, July 19, 2026

श्रीमतीको हत्या गर्ने श्रीमान् प्रहरी नियन्त्रणमा

Zenith Migration Education

कर्णाली । घरमा राखिएको काठको खुट्टा प्रहार गरी सुर्खेतमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । शनिबार राति वीरेन्द्रनगर नगरपालिका–१३ सुर्खेत सुगरखोलास्थित ४२ वर्षीय दानसिंह ठाडामगरले ४१ वर्षीया श्रीमती रविनालाई सुतिरहेको अवस्थामा खाटको खुट्टा बनाउन राखेको काठ टाउको प्रहार गरी घटनास्थलमा हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् मोहनजङ्ग बुढथापाले जानकारी दिए ।

रबिनाको घटनास्थलमा नै मृत्यु भएको भनी स्थानीयले अस्थायी प्रहरी बिट कहरेखोलामा खबर गरेपश्चात तत्काल प्रहरी त्यहाँ पुगेर हत्या गर्ने ठाडामगरलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएका ठाडामगरको थप अनुसन्धानको भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु