Saturday, July 18, 2026
Zenith Migration Education
Saturday, July 18, 2026

आइसीसी सदस्यमा निर्वाचित केसी भन्छन्, ‘सामाजिक उत्तरदायित्वमा सक्रिय हुन्छु’

Zenith Migration Education

सिड्नी (अष्ट्रेलिया) । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) सदस्यमा निर्वाचि राजेश केसीले मतदातालाई धन्यवाद दिएका छन् ।

एनआरएनए अष्ट्रेलियाको २०२५–०२७ कार्यकालका लागि शनिबार सम्पन्न भएको निर्वाचनबाट केसी आइसीसी सदस्य पदमा निर्वाचित भएका हुन् । उनले ६२ सय १७ मत मत प्राप्त गरेका छन् ।

आइतबार मतदातालाई धन्यावाद व्यक्त गर्दै आइसीसी सदस्य केसीले अबका दिन समुदायमै आधारित सामाजिक गतिविधिहरु मै निरन्तर सक्रिय रहने बताएका छन् । साथै उनले मतदाताले दिएको मतको कदर गर्ने बताए ।

समुदायप्रति समर्पित, उद्यमशील र व्यवहारिक नेताको रुपमा परिचित केसीले अबका दिन सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्ने बताए ।

केसी सिड्नीको ग्रान्डभिलमा रहेको चर्चित रेष्टुरेण्ट फ्लेवर्स अफ नेपाल नेपाली रेष्टुरेण्टका सञ्चालक समेत हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु