Saturday, July 18, 2026
Zenith Migration Education
Saturday, July 18, 2026

२२ प्रहरी सम्पर्कविहीन, सात दिनभित्र सम्पर्कमा आउन आग्रह

Zenith Migration Education

काठमाडौँ । नेपाल प्रहरीले आफूखुसी कार्यालयमा गैर हाजिर रहेका २२ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले आइतबार सूचना जारी गर्दै गैर हाजिरी रहेका २२ जना प्रहरीहरूलाई स्पष्टीकरणसहित सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको हो ।

गैर हाजिर हुनुका कारण खुल्ने सन्तोषजनक स्पष्टीकरणसहित सात दिनभित्र उपस्थित नभए ती प्रहरी कर्मचारीहरूलाई प्रहरी नियमावलीको नियम १०९ को देहाय (ख) १ बमोजिम सेवाबाट हटाउने कार्यालयले जनाएको छ ।

लामो समयदेखि सम्पर्कविहीन भएका उनीहरूलाई एक साताभित्र सम्पर्कमा नआए सेवाबाट हटाइने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु