Saturday, July 18, 2026
Zenith Migration Education
Saturday, July 18, 2026

एनएसडब्लु राज्य युवा संयोजकमा रमेश सिंह ठकुरी

Zenith Migration Education

सिड्नी (अष्ट्रेलिया) । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियालको न्यू साउथ वेल्स (एनएसडब्लु) राज्य युवा संयोजक पदमा रमेश सिंह ठकुरी निर्वाचित भएका छन् ।

एनआरएनए अष्ट्रेलियाको २०२५–२७ कार्यकालका लागि शनिबार सम्पन्न भएको निर्वाचनबाट ठकुरी एनएसडब्लु राज्य युवा संयोजक पदमा निर्वाचित भएका हुन् । उनले नौ सय ९९ मत प्राप्त गरेका छन् ।

कर्णालीको विकट गाउँ जाजरकोटबाट उठेका ठकुरीले संघर्ष, सेवाभाव र दूरदर्शी कार्य योजनामार्फत अष्ट्रेलियामा युवालाई सङ्गठित गर्ने दृढता व्यक्त गरेका छन् । सीमित स्रात र कुनै चिनजानविना अष्ट्रेलिया आएका ठकुरी आज एक सफल व्यवसायीका रुपमा चिनिन्छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु