Friday, May 8, 2026
Zenith Migration Education
Friday, May 8, 2026

साफ यू–२० महिला च्याम्पियनसिप : भुटानसँग खेल्दै नेपाल

Zenith Migration Education

काठमाडौँ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–२० महिला च्याम्पियनसिपमा नेपालले शनिबार भुटानसँग खेल्दै छ ।

बंगलादेशको ढाकास्थित किङ्स एरेनामा हुने खेल नेपाली समयअनुसार आज दिउँसो २ः४५ बजेदेखि सुरू हुनेछ ।
जारी प्रतियोगितामा नेपालले भुटानसँग दोस्रो खेल खेल्न लागेको हो । पहिलो खेलमा नेपालले भुटानलाई ६–१ गोलले हराएको थियो ।

आयोजक बंगलादेशसहित भुटान, श्रीलंका र नेपाल सम्मिलित प्रतियोगितामा डलब राउन्ड रोबिनको आधारमा खेल भइरहेको छ ।

नेपालले श्रीलंकासँग दुई खेल खेलिसकेको छ । दुवै खेलमा नेपाल ७–० गोलले विजयी भएको थियो । आयोजक राष्ट्र बंगलादेशसँग पहिलो खेलमा ३–२ गोलले हारेको थियो । नेपालले आजको खेलपछि सोमबार बंगलादेशसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु