तौलिहवा (कपिलवस्तु) । जिल्लाको महाराजगञ्ज नगरपालिका– २ मा सर्पले डस्दा १४ महिने बालिकाको मृत्यु भएको छ । घरमा सुतेको अवस्थामा सर्पले डस्दा झगरु पासवानकी छोरी संगीता पासवानको मृत्यु भएको हो ।
सर्पले डसेपछि अचेत भएकी बालिकालाइ उपचारका लागि बहादुरगंज अस्पताल लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि गोरुसिंगेस्थित सर्वदंश उपचार केन्द्रमा ल्याइएको थियो । तर, उपचारमा ढिलाई गरिँदा उनको बाटोमै मृत्यु भइसकेको गोरुसिङ्गे सर्पदंश उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीले बताए ।



