Thursday, May 7, 2026
Zenith Migration Education
Thursday, May 7, 2026

बँदेलको आक्रमणबाट ६ जना घाइते

Zenith Migration Education


पञ्चकोशी (दैलेख) ।
दैलेखको आठबीस नगरपालिका–३ को जास्कीमा बँदेलको आक्रमणमा परी ६ जना घाइते भएका छन् । मकै खान आएको बँदेल धपाउन जम्मा भएका स्थानीयलाई बँदेलले आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख गणेशबहादुर बरालले जानकारी दिए ।

बँदेलको आक्रमणबाट आठबीस नगरपालिका–२ का २३ वर्षीय डबल बडुबाल, आठबीस नगरपालिका–२ का २९ वर्षीय टेकबहादुर शाही, आठबीस नगरपालिका–३ का का ४५ वर्षीय रामबहादुर बडुवाल, आठबीस नगरपालिका–२ का २२ वर्षीय विकास कार्की आठबीस नगरपालिका–३ निरज कार्की आठबीस नगरपालिका–३का कमल कार्की घाइते भएको उनले जानकारी दिए । बँदेलको आक्रमणबाट घाइतेको प्रदेश अस्पताल कालागाँउ सुर्खेतमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु