Thursday, May 7, 2026
Zenith Migration Education
Thursday, May 7, 2026

आजदेखि नयाँ आर्थिक वर्ष सुरु

Zenith Migration Education

काठमाडौँ । आजदेखि नयाँ आर्थिक वर्ष २०८२/०८३ सुरु भएको छ । सरकारले गत जेठ १५ गते १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजे सार्वजनिक गरेको थियो । यसमध्ये चालु बजेट ११ खर्ब ८० अर्ब ९८ करोड, पुजिगतर्फत चार खर्ब ८० खर्ब र वित्तीय व्यवस्थातर्फ तीन खर्ब ७६ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

यद्यपी, सरकारले ल्याएका नयाँ करका दरहरु कतिपय गत १५ जेठबाटै र बाँकी सबै आजदेखि कार्यान्वयनमा आएका छन् ।

सरकारले विसं. २०१८ सालदेखि आर्थिक वर्षको सुरुवाल साउन महिनामा सुरु भई असार महिनामा सकिने व्यवस्था गर्दै आएको छ । त्यसअघि लेखापाल, राजस्व तथा खर्च प्रणालीका लागि निश्चित अवधि तोकिने गरिएको थिएन ।

नयाँ आर्थिक वर्षले सरकारी कारोबारसँग सम्बन्धित विषयका परिवर्तन गर्नेछ । यसले राजस्व, शुल्क, जरिवानालगायतका व्यवस्था गरिएका परिवर्तन लागू गर्न सुरु गर्ने छ ।

अहिले सङ्घीय प्रणाली अनुसार तीन तहका सरकारले बजेट सार्वजनिक गर्ने गर्छन् । ती बजेटको पूर्ण कार्यान्वयनको सुरुवात आजैदेखि हुनेछ ।

यता, महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा भने सरकारले लक्ष्यको ८२५ मात्र बजेट खर्च गर्न सकेको छ । उक्त आवमा १८ खर्ब ६० अर्बको बजेट कार्यान्वयन गरिएको थियो ।

असार मसान्तसम्म खर्च भने मात्र १५ खर्ब २३ अर्ब १० करोड बराबर भएको छ । यो लक्ष्यको ८१.८७ प्रतिशत हो ।
पुँजीगततर्फ तीन खर्ब ५२ अर्ब विनियोजन भएकोमा खर्च दुई खर्ब २२ अर्ब मात्र भयो । जुन लक्ष्यको ६३.२ प्रतिशत मात्र हो । चालु खर्च ८५.९५ र वित्तीय व्यवस्था तर्फको बजेट ८७.१४ प्रतिशत मात्र खर्च हुन सकेको महालेखाको तथ्याङ्क छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु