Thursday, June 25, 2026
Zenith Migration Education
Thursday, June 25, 2026

भगवती न्यौपाने सामान्य प्रशासन मन्त्री नियुक्त

Zenith Migration Education

काठमाडौँ । राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त भएकी छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मङ्गलबार राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त गर्दै जिम्मेवारी तोकेका हुन् ।

‘नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम आफ्नो पदबाट सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष राजीनामा दिनुभएकाले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा माननीय श्री भगवती न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोक्नु भएको छ,’’ राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

घुस प्रकरणमा मुछिएका राजकुमार गुप्ताले मङ्गलबार राजीनामा दिएसँगै न्यौपाने मन्त्रीमा नियुक्त भएकी हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु