Thursday, April 16, 2026
Zenith Migration Education
Thursday, April 16, 2026

चार जना सहसचिवको सरुवा, गृहको प्रवक्ताबाट तिवारी हटाइए

Zenith Migration Education

काठमाडौँ । गृह मन्त्रालयले चार जना सहसचिवको सरुवा गरेको छ । मङ्गलबार मन्त्रालयले चार जना सहसचिवको सरुवा गरेको हो । साथै एक सहसचिवको पदस्थापन गरेको छ । यस्तै, गृहले मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीलाई प्रवक्ताबाट हटाएर अध्यागमन विभागको महानिर्देशक बनाइएको छ ।

त्यस्तै, अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजाल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख विष्णुप्रसाद कोइरालालाई मन्त्रालयमा तानेको छ ।

कोइरालाको स्थानमा खोटाङमा प्रमुख जिल्ला अधिकारी रहेका नुरहरी घिमिरेलाई पठाइएको छ । खोटाङमा भने मन्त्रालयमा रहेकी सहसचिव कल्पना श्रेष्ठलाई पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु