Saturday, September 19, 2026
Zenith Migration Education
Saturday, September 19, 2026

रुपन्देही ३ मा उपनिर्वाचान : मतदाता नामावली अद्यावधिक गर्दै आयोग

Zenith Migration Education

काठमाडौं । निर्वाचन आयोगले रूपन्देही जिल्ला प्रतिनिधिसभा सदस्य क्षेत्र नं. ३ मा हुने उपनिर्वाचनका लागि मतदाता नामावलीलाई अद्यावधिक गर्ने निर्णय गरेको छ । आयोगका सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालले प्रेस विज्ञप्ति निकालेर मतदाता नामावलीलाई अद्यावधिक गर्ने निर्णय भएको जानकारी दिएकी छन् ।

रूपन्देही ३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ । उक्त उपनिर्वाचनमा २०८२ साल कात्तिक १६ गतेसम्म १८ वर्ष उमेर पूरा हुने मतदाताले मतदान गर्न पाउँछन् ।

आयोगका अनुसार अद्यावधिक कार्यक्रमअन्तर्गत सङ्कलित मतदाताको विवरण यही साउन १४ गते वेबसाइटमा प्रकाशन गरिनेछ । साउन १५ गतेदेखि २२ गतेसम्म मतदाताले नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिन सक्नेछन् ।

कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए त्यसको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिने, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनको लागि सूचना दिने लगायतका कार्यहरु पनि यही अवधिमा हुनेछ ।

आगामी भदौ २५ गते मतदाता नामावली अद्यावधिक प्रक्रिया पूरा भएर अन्तिम मतदाता नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु