Wednesday, May 6, 2026
Zenith Migration Education
Wednesday, May 6, 2026

समाज रुपान्तरणका लागि विचार सबैभन्दा महत्त्वपूर्ण : पूर्वराष्ट्रपति भण्डारी

Zenith Migration Education

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समाज रुपान्तरणका लागि विचार नै सबैभन्दा महत्त्वपूर्ण कुरा भएको बताएकी छिन् । मदन भण्डारी फाउण्डेशनले काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले स्टेट, सोसाइटी एण्ड डेभलपमेण्ट जर्नलको विमोचन कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले जर्नल जबजलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउने एउटा आधिकारित माध्यम बन्ने बताइन् ।

जबजले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यलाई अघि बढाएको बताइन् । जर्नलले कम्युनिष्ट आन्दोलनलाई समय र परिस्थितिअनुसार सही रुपमा बुझ्न र व्यवहारिक रुपमा अवलम्वन गर्दै विश्व कम्युनिष्ट आन्दोलनलाई मजबुत बनाउने दिशामा समेत थप योगदान गर्नसक्ने बताइन् । नेकपा एमालेले पनि समृद्ध नेपाल र सुखी नेपालीको साझा लक्ष्य पूरा गर्न जबजको सिद्धान्तलाई आत्मसाथ गरेको जानकारी दिइन् । जबजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्राज्ञिक समुदाय र उच्च शिक्षाका अध्येताहरुका बीचमा अझ व्यापक रुपमा पुर्‍याउनुपर्ने बताइन् ।

पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘समाज रुपान्तरणको लागि विचार नै सबैभन्दा महत्वपूर्ण कुरा हो । यस अर्थमा यो जर्नल जबजलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने एउटा आधिकारित माध्यमको लागि प्रयास पनि हो । यसले कम्युनिष्ट आन्दोलनलाई समय र परिस्थितिअनुसार सही रुपमा बुझ्न र व्यवहारिक रुपमा अबलम्वन गर्दै विश्व कम्युनिष्ट आन्दोलनलाई मजबुत बनाउने दिशामा समेत थप योगदान गर्नसक्छ ।’’

पूर्वराष्ट्रपति भण्डारीले जबजले माक्सवाद, लेनिनवादको आधारमा नेपाली समाजवादको गहिरो विश्लेषण गर्दै सामाजिक, ऐतिहासिक, सांस्कृतिक तथा भराजनीतिक विशेषतालाई आत्मसाथ गर्दै समाजवादको मार्गमा लोकतान्त्रिक पद्धति र बहुदलीय प्रतिस्पर्धालाई समावेश गर्दै विशिष्ट र सिर्जनात्मक बाटो निर्माण गरेको बताइन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु