Wednesday, May 6, 2026
Zenith Migration Education
Wednesday, May 6, 2026

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

Zenith Migration Education

काठमाडौँ । पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन भएको छ । उनको शनिबार साँझ नर्भिक अस्पतालमा हृदयघातका कारण निधन भएको हो । २०६९ साल चैत ११ गतदेखि २०७५ साल चैत १० गतेसम्म उनी निर्वाचन आयोगको आयुक्त पदको जिम्मेवारीमा रहेकी थिइन् ।

लामो समयसम्म द राइजिङ नेपालमा पनि काम गरेकी शर्मा पछिल्लो समय सिटिजन्स बैंक इन्टरनेसनलको डाइरेक्टर समेत रहेकी थिइन् ।

शर्मासँग त्रिभुवन विश्वविद्यालयबाट एलएलएम, सार्वजनिक अन्तर्राष्ट्रिय कानुन र मानव अधिकार विषयमा एलएलएम युनिभर्सिटी अफ हल, युकेइन इन्टरनेसनल बिजनेस लबाट अन्तर्राष्ट्रिय व्यापार र विकास अध्ययन, कानुन, मिडिया, जनसम्पर्क, शिक्षा र विकास क्षेत्रसहित विभिन्न क्षेत्रमा काम गरेको ३५ वर्ष बढी अनुभव छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु