सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आगामी २०२५–०२७ कार्यकालका लागि हुन लागेको निर्वाचनमा अध्यक्ष पदमा सन्तोष कुँवर र संजिव ‘गोर्खाली’ ढकालबीच प्रतिस्पर्धा हुने भएको छ ।
एनआरएनए अष्ट्रेलियाको न्यू साउथ बेल्स राज्य संयोजक पदमा डेमोक्रेसीद्वय रोशन भट्टराई र राकेश जोशीले उम्मेदवारी घोषणा गरेका थिए । छुट्टाछुट्टै उम्मेदवारी घोषणा गरेका डेमोक्रेसी भट्टराई र जोशी अन्तः सँगै निर्वाचनमा जाने सहमति भएको डेमोक्रेसी युवा नेता एवम् जोशी निर्वाचनका संयोजक राजु गिरीले जानकारी दिए ।
एनआरएनए अष्ट्रेलिया निर्वाचनका लागि आज उम्मेदवारी दर्ताको अन्तिम हो । उम्मेदवारी दर्ताको अन्तिम समयमा आएर जोशीले न्यू साउथ बेल्स राज्य संयोजक पदमा उम्मेदवारी दर्ता नगर्ने निर्णय गरेसँगै एनआरएनए निर्वाचनमा नयाँ तरङ्ग पैदा भएको छ ।

जोशीसँगको लामो छलफलपछि उम्मेदवारी फिर्ता लिने संयोजक पदमा भट्टराईलाई समर्थन गर्र्ने सहमति भएको डेमेक्रेसी नेता गिरीको भनाइ छ ।
गिरीका अनुसार अब भट्टाराई र जोशीको टिमले अध्यक्ष पदका उम्मेदवार गोर्खालीलाई समर्थन गर्ने भएको छ । यसले दुई समूहबीच एनआरएनए निर्वाचन अझ रोचक हुने भएको छ ।
यता गोर्खालीले स्वतन्त्र च्यारिटेबल संस्था रुपमा संस्थागत सबै विद्यार्थीलाई पुनः सहायक सदस्यका रुपमा समावेश गर्ने र नेपालसँग नाता राख्ने वा नेपाली मूल भएका सदस्य बनाउने व्यवस्था गर्ने उल्लेख गर्दै आएका छन् ।

यसैगरी अध्यक्षका अर्का उम्मेदवार सन्तोष कुँवर विगत एक दशकभन्दा बढी समयदेखि एनआरएनए अष्ट्रेलियाका विभिन्न तहमा क्रियाशिल रहदै आएका छन् ।
दुबै टिमले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् भने चुनावी एजेण्डाहरु प्रस्तुत गर्दै समर्थन रिझाउने प्रयासमा छन् ।



