Monday, June 29, 2026
Zenith Migration Education
Monday, June 29, 2026

राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशकसहित छ जनाविरुद्ध १५ करोडको भ्रष्टाचार मुद्दा

Zenith Migration Education

काठमाडौँ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशकसहित छ जनाविरुद्ध १५ करोडभन्दा बढीको भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केन्द्रका केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित छ जनाविरुद्ध १५ करोड ८८ लाख ५० हजार रुपिँयाको भष्टाचार मुद्दा दायर गरिएको हो ।

अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल, तत्कालीन निर्देशक सफल श्रेष्ठ, सहायक निर्देशक रमेश पोखरेल र कम्प्युटर इन्जिनियर रामशरण गायक, तत्कालीन लेखा अधिकृत निम बहादुर वली र वर्ल्ड डीष्ट्रीव्युसन नेपाल प्रा.लि कान्तिपथ, काठमाडौँ तथा उक्त कम्पनीका अध्यक्ष र प्रबन्ध निर्देशक अरुण श्रेष्ठविरुद्ध शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायरा भएको बताए ।

सरकार/सार्वजनिक संस्थालाई हानी पुर्‍याउने बदनियत निर्धारित शर्त तथा मापदण्ड विपरीतको गुणस्तरहीन प्रोसेसर रहेको स्टोरेज आपूर्ति गरी झुटा कागजात पेस गराई अस्वाभाविक मूल्य कायम भएको उक्त सामग्री वापत १५ करोड ८८ लाख ५० हजार रुपिँया वरावरको रकम भुक्तानी दिने कार्य गरेकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ समेतको कसूरमा उनीहरुलाई मुद्दा दायरा गरेको पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु