Saturday, May 2, 2026
Zenith Migration Education
Saturday, May 2, 2026

आठ दिनपछि तोकियो सुनको मूल्य

Zenith Migration Education

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आठ दिनपछि सुनको मूल्य निर्धारण गरेको छ । सरकारसँग ६ बुँदे सहमतिपछि सुनचाँदी व्यवसायीले आन्दोलन स्थगित गरेसँगै शुक्रबार महासंघले मूल्यसूची सार्वजनिक गरेको हो ।

जसअनुसार शुक्रबार छापावाल सुन तोलामा एक लाख ९१ हजार आठ सय रुपियाँ कायम भएको छ । अघिल्लो मूल्य निर्धारण भएको असार १९ गतेको दिन भने छापावाल सुनको मूल्य तोलामा एक लाख ९२ हजार एक सय रुपियाँ कायम भएको थियो ।

यस्तै, शुक्रबार चाँदीको मूल्य तोलामा दुई हजार २२० रुपियाँ पुगेको महासंघले जनाएको छ । असार १९ मा भने चाँदीको मूल्य दुई हजार १७० रुपियाँ कायम थियो । यस आधारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको बढेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु