Monday, June 29, 2026
Zenith Migration Education
Monday, June 29, 2026

‘विश्वका विश्वविद्यालयले नेपालमा शाखा खोल्नसक्ने वातावरण शिक्षा ऐनले बनाउनुपर्छ’

Zenith Migration Education

काठमाडौँ । नेपाली काँग्रेसका सांसद एवम् उद्यमी विनोद चौधरीले विद्यार्थीलाई बाहिर अध्ययन गर्न पठाउनुभन्दा बाहिरका राम्रा विश्वविद्यालयहरुले नेपालमा आएर अध्ययन गराउने वतावरण बनाउन जरुरी रहेको बताएका छन् ।

मङ्गलबार ललितपुरमा नेपाल उद्योग परिसंघको २२ औं वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले अहिले संसदबाट शिक्षा विधेयक पारित गर्न लागेको भन्दै विधेयकले यो वातावरण सिर्जना गर्नसक्ने स्थिति निर्माण गर्नुपर्ने बताए ।

सांसद चौधरीले अहिले उच्च शिक्षा लिन विद्यार्थी विदेश जाने गरेको भन्दै अबको विद्यालय शिक्षा विधेयकले नेपालमै आएर लगानी गरी आफ्ना इन्स्टिच्युसन खोल्ने वातावरण निर्माण गर्न जरुरी रहेको बताए । उनले अब बन्ने शिक्षा ऐनले बाहिरबाट नेपालमा उच्चस्तरका विश्वविद्यालयका शाखाहरु खोल्नसक्ने र ल्याउनसक्ने वातावरण बनाउनुपर्ने धारणा राखे ।

सांसद चौधरीले भने, ‘‘अहिले हामी एजुकेसन बिल पास गर्ने संघारमा छौँ । आजको बेला भन्या वर्ल्डका रेपिटेड एजुकेशन इस्न्टिट्युसनहरुले फ्रेन्चाइज कोलाब्रेसनहरु विश्वभर दिइरहेका छन् । हामी एकोहोरो रुपले हाम्रा विद्यार्थीलाई बाहिर पठाइरहेका छौँ । त्यो गर्नुको सट्टा उताका इन्स्टिट्युसनहरुले यहीँ आएर इन्स्टिट्युसन खोल्ने कोलाब्रेसन बनाउन जरुरी छ ।’’ सांसद चौधरीले नेपाली विद्यार्थी बाहिर पठाएर डेढ खर्ब रुपियाँ खर्च गर्ने केही व्यक्तिहरुको दोकान पनि बन्द गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु