Tuesday, June 30, 2026
Zenith Migration Education
Tuesday, June 30, 2026

एनआरएनए निर्वाचन : युवा अभियन्ता गुरूङको कोषाध्यक्ष उम्मेदवारी

Zenith Migration Education

सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको न्यू साउथ वेल्स (NSW) राज्य समन्वय परिषदका वर्तमान युवा समन्वयक अनन्त गुरूङले कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल २०२५–२०२७ का लागि गुरुङले न्यू साउथ वेल्स राज्य समन्वय परिषद्को कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् । उनको यो घोषणाले अष्ट्रेलियाली नेपाली समुदायमा सकारात्मक तरङ्ग पैदा गरेको छ ।

युवा नेतृत्वको प्रतीक बनेका अनन्त गुरूङ जुझारु र सक्रिय अभियान्ताका रुपमा परिचित छन् ।

गुरूङको संयोजनमा आयोजित कार्यक्रममा युवा सहभागिता, पारदर्शिता र संस्थागत उत्तरदायित्व प्राथमिकतामा देखिन्छ । विशेषगरी युवालाई समावेशी ढङ्गले अगाडि ल्याउने उनको दृढ प्रयास उल्लेखनीय मानिन्छ । “नेतृत्व भनेको बोलेर होइन, जनताको बीचमा उभिएर काम गरेर देखाउने हो,” गुरूङ भन्छन् ।

अभियानको केन्द्रबिन्दु पारदर्शिता, डिजिटल प्रणाली र जवाफदेहिता
कोषाध्यक्ष पदका लागि उम्मेदवारी दिएका गुरुङको पारदर्शिता, डिजिटल प्रणाली र जवाफादेहिता मुख्य एजेण्डा हुन् । डिजिटल आर्थिक प्रणाली, आर्थिक पारदर्शिता, सामुदायिक जवाफदेहिता र समावेशी सशक्तिकरण उनको एजेण्डामा प्रष्ट झल्किन्छ । उनले भविष्य उन्मुख र उत्तरदायी कार्यशैलीमार्फत वित्तीय व्यवस्थापनमा नवीन अभ्यास ल्याउने अठोट व्यक्त गरेका छन् ।

समुदायका सदस्यहरू भन्छन्, “अनन्त गुरूङ कुनै काल्पनिक पात्र होइनन्, एक साहसी, प्रतिबद्ध र नेतृत्वदक्ष अभियन्ता हुन् ।”

एनआरएनए अष्ट्रेलियाको आगामी निर्वाचन जुलाई २६ मा हुँदैछ । यसअन्तर्गत राष्ट्रिय समिति र राज्य परिषदसहित विभिन्न तहको नेतृत्व चयन गरिनेछ । उम्मेदवारहरूले आ–आफ्ना एजेण्डा सार्वजनिक गर्दै समर्थन जुटाउने कार्यलाई तीव्रता दिएका छन् । अनन्त गुरूङ कोषाध्यक्ष पदका लागि सशक्त उम्मेदवारका रूपमा अगाडि बढिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु