Tuesday, June 30, 2026
Zenith Migration Education
Tuesday, June 30, 2026

गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्रीबीच भेटवार्ता

Zenith Migration Education

गृहमन्त्री रमेश लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्री इग्नाजिओ डानियल जिओभान्नी क्यासिसबीच सोमबार भेटवार्ता भएको छ ।

परराष्ट्रमन्त्रीको समेत जिम्मेवारी सम्हालेका गृहमन्त्री लेखकसित स्वीटजरल्याण्डका विदेशमन्त्री क्यासिस सहितको प्रतिनिधि मण्डलले सोमबार भेटबार्ता गरेको गृहमन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए ।

भेटमा गृहमन्त्री लेखकले दुई देशबिचको मित्रवत् सम्बन्ध,नेपालको विकास निमार्ण र शान्ती प्रक्रियामा स्वीटजरल्याण्डको सहयोगको प्रशंसा गरेको उनले बताए ।

‘भेटमा दुई देशको विकास, आर्थिक मुद्धाहरुमा साझेदारी गर्ने लगायतका विषयमा कुराकानी भएको छ, प्रवक्ता तिवारीले भने, जलवायु परिवर्तन, विपद् जोखिम व्यवस्थापनमा सझेदारी गर्ने लगायतका भएको छ ।’

भेटका क्रममा अन्य दुई पक्षिय चासोका विषयमा समेत छलफल भएको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु