Tuesday, June 30, 2026
Zenith Migration Education
Tuesday, June 30, 2026

उपाधि जित्दा खुशी छौँः विपिन शर्मा

Zenith Migration Education

काठमाडौँ । एसिसी पुरुष यु—१६ इस्ट जोन कप जितेको नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । आइतबार राति त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै टोली स्वदेश फर्किएको हो ।

शनिबार सम्पन्न खेलमा नेपालले सिंगापुरलाई २ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । यसअघि नेपालले सन् २०१७, २०१९, २०२३ मा उपाधि जितेको थियो ।

स्वदेश फर्किएसँगै विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यु १६ का कप्तान विपिनप्रसाद शर्माले कुनैपनि खेल नहारिकन उपाधि जित्न पाउँदा खुशी लागेको बताए । उनले यसअघि नै धेरै खेल खेलिसकेको र त्यसले अनुभव बटुल्न मद्दत गरेको बताए । परिणामतः खेल जित्न सम्भव भएको बताए ।

यु १६ का प्रशिक्षक दीपेन्द्रबहादुर चन्दले नेपाली टिम राम्रो रहेको र धेरै टिमको जानकारी रहँदा आफूहरुलाई सहज भएको बताए । प्रत्येक खेललाई महत्त्वपूर्ण मानेर खेलेको बताए । नेपालले अझै पनि ब्याटिङ सुधार गर्नुपर्ने जरुरी रहेको बताए । फाइनलमा राम्रो खेल्नुपर्ने हुँदाहुँदै चुक्न पुगेको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु