भोजपुर, असार २२ गते । भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीमा चार जनाको सामूहिक हत्या भएको छ । घटनामा एक जना गम्भीर घाइते भएका छन् । आइतबार बिहान चार जनाको सामूहिक हत्या भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । भोजपुर नगरपालिका–२ हेलाउछ बस्ने ३० वर्षीय राजेन्द्र राईले आफ्नै ससुरालीमा गएर परिवारका चार जनालाई धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन् । हतियार प्रहारबाट मृत्यु हुनेमा राजेन्द्रकी श्रीमती मनिषा गिरि, सासु ४५ वर्षीया मञ्जु गिरि, ससुरा ६८ वर्षीय बेलबहादुर गिरि र सालो सयन गिरि रहेका छन् । घटनापछि आफैँले हतियार प्रयोग गर्दा राजेन्द्र राई पनि गम्भीर घाइते भएका छन् । उनलाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल भोजपुर लगिएको प्रहरीले जनाएको छ । पारिवारिक विवादका कारण एकै परिवारका चार जनाको हत्या भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।
समाचार हाइलाइटहरू
16
प्रतिक्रिया दिनुहोस
अघिल्लो लेखमा



