Thursday, May 7, 2026
Zenith Migration Education
Thursday, May 7, 2026

औषधि आपूर्तिसम्बन्धी गुनासो बढेपछि संसदीय समितिद्वारा नेपाल औषधि लिमिटेडको अनुगमन

Zenith Migration Education

काठमाडौँ, असार २० गते । औषधि आपूर्तिसम्बन्धी गुनासो बढ्न थालेपछि संसदीय समितिले नेपाल औषधि लिमिटेडको स्थलगत अनुगमन गरेको छ ।

औषधि उत्पादनको अवस्था, लिमिटेडले भोगिरहेको समस्या तथा औषधि आपूर्ति लगायतको विषयमा अध्ययन र शोधपुछका लागि प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले लिमिटेको स्थलगत अनुगमन गरेको हो ।

अनुगमनका क्रममा समिति सभापति अब्दुल खानले नेपाल औषधि लिमिटेडले देशभरलाई पुग्ने औषधि उत्पादन गर्नसक्ने भए पनि सरकारी कार्यालयहरुले नै औषधि खरिद नगर्दा समस्या भएको लिमिटेडले बताएको जानकारी दिए ।

आवश्यक कच्चा पदार्थ आयातमा समस्या, आर्थिक स्रोतको अभाव र सरकारी निकायबाट औषधि खरिदको व्यवस्था नहुँदा उत्पादन सीमित भएको र हाल ११ प्रकारका औषधि मात्र उत्पादन गरिरहेको जानकारी गराइएको उनको भनाइ छ । लिमिटेडमा पर्याप्त जनशक्ति, प्रविधि र पूर्वाधार हुँदाहुँदै पनि नीतिगत समस्या तथा सरकारको उपेक्षाको कारण समस्या भएको बताइएको छ ।

समिति सभापति खानले भने, ‘‘जनताले प्रत्यक्ष रुपमा हामीले औषधि पाइरहेका छैनौं भनेर समितिमा उजुरी गरिसकेपछि हामी नेपाल सरकारको स्वामित्वमा रहेको संस्थाले किन औषधि आपुर्ति गर्न सकिरहेको छैन भनेर अनगुमनमा आएका हौँ । अर्को कुरा, हामी लिमिटेडको समस्याको बारेमा जान्नको लागि पनि यहाँ अनुगमनमा आएका हौँ ।’’

‘‘सरकारी कार्यालयहरुबाट औषधि किन्ने व्यवस्था नहुनु नै मुख्य कारण भएको बताए । अर्को कारण, जनशक्ति, प्रविधि र भौतिक संरचनाको व्यवस्था हुँदाहुँदै पनि कच्चापदार्थ ल्याउन नसक्दा ११ किसिमको औषधि मात्रै बनाइरहेका छौँ ।’’ उनले भन्नुभयो, ‘‘कच्चा पदार्थको आयातमा सहजता र आर्थिक स्रोतको व्यवस्थापन गरिदियो भने हामी ९८ प्रकारका औषधि उत्पादन गर्न सक्छौं भन्ने कुरा भएको छ ।’’

औषधि लिमिटेडको समस्याको बारेमा समितिमा छलफल गरेर सरकारलाई आवश्यक सुझाव दिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु