Thursday, May 7, 2026
Zenith Migration Education
Thursday, May 7, 2026

NAYA द्वारा ग्याम्बलिङ्ग सचेतना कार्यक्रम सम्पन्न, 

Zenith Migration Education

सिड्नी— नेपालिज अष्ट्रेलियन युथ एशोसिएसन (NAYA) को आयोजनामा र Community & Cultural Connections Inc (CCI) सँगको सहकार्यमा आयोजित ‘ग्याम्बलिङ्ग सचेतना कार्यक्रम’ आइतबार असफिल्ड पार्क, सिड्नीमा सफलतापूर्वक सम्पन्न भयो।

कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, एनआरएनए रिजनल संयोजक दिनेश पोखरेल, जनसम्पर्क मञ्च अष्ट्रेलियाका केन्द्रीय अध्यक्ष सरेश रानसिं गुरुङ, चितवन समाज अष्ट्रेलियाका पूर्वअध्यक्ष तथा समाजसेवी शत्यप्रकाश कडेल आयोजक संस्था नया (NAYA) का अध्यक्ष बिपिन थापा तथा विभिन्न क्षेत्रका अगुवा र स्वयंसेवकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा एनआरएनए निर्वाचन २०२५–२७ अन्तर्गत एनएसडब्ल्यू राज्य संयोजक पदका उम्मेदवार राज गुरुङसहित अन्य उम्मेदवारहरूको पनि उपस्थिति थियो।

एनआरएनए अध्यक्ष अनिल पोखरेलले समुदायमा फैलिंदै गएको गम्भीर समस्या ग्याम्बलिङ्गबाट युवालाई जोगाउनु आवश्यक रहेको उल्लेख गर्दै यस्ता सचेतनामूलक कार्यक्रमले सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे। उनले आयोजक संस्था NAYA र सहकार्य संस्थालाई धन्यवाद दिएका थिए।

NAYA अध्यक्ष बिपिन थापाले भने, “ग्याम्बलिङ्ग समुदायकै रोग बनिरहेको अवस्थामा युवा पुस्तालाई यो कुलतबाट जोगाउने उद्देश्यले यो कार्यक्रम गरिएको हो।”

कार्यक्रममा हास्यव्यङ्ग्य कलाकार लेखमणि त्रितालको स्ट्यान्डअप कमेडी, स-साना समुहमा छलफल, स्परामर्श, बार्बिक्यु र जलपानको व्यवस्था गरिएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु