Saturday, September 12, 2026
Zenith Migration Education
Saturday, September 12, 2026

इरानमा फेरि आक्रमण भए शत्रुले ठूलो मूल्य चुकाउनु पर्नेछ : खामेनी

Zenith Migration Education

इजरायलसँग युद्धविराम घोषणापछि इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले आज पहिलो भिडिओ सन्देश जारी गरेका छन् । उनले फेरि इरानमा आक्रमण भए नराम्रो नतिजा भोग्नुपर्ने चेतावनी दिएका छन्

खामेनीले भनेका छन्, ‘यदि (इरान) माथि आक्रमण भयो भने शत्रु वा आक्रमणकारीले निश्चित रूपमा ठूलो मूल्य चुकाउनु पर्नेछ ।’ उनले यस क्षेत्रमा रहेका अमेरिकी अड्डामा थप आक्रमण गर्ने धम्की पनि दिएका छन् । खामेनीले भनेका छन्, ‘ट्रम्प इरानलाई आत्मसमर्पण गर्न भन्छन् तर यो ‘सानो मुख, ठूलो कुरा’ जस्तै हो ।’ खामेनीको यो टिप्पणी इरान र इजरायलबीच १२ दिने युद्ध समाप्त भएको दुई दिनपछि आएको हो ।

इरानको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणबाट इरानमा अहिलेसम्म कम्तीमा ६२७ नागरिक मारिएका छन् । एएफपी समाचार एजेन्सीको रिपोर्टअनुसार इजरायलमा चाहिँ इरानको आक्रमणले अहिलेसम्म २८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु