Tuesday, September 8, 2026
Zenith Migration Education
Tuesday, September 8, 2026

घुस खाएको प्रमाणित गरेर देखाउन माधव नेपालको चुनौति

Zenith Migration Education

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले पूर्वाग्रह राखेर आफूविरुद्ध भ्रष्टाचारको मुद्दा लगाइएको दाबी गरेका छन् ।

शुक्रवार काठमाडौंमा पार्टीको सुदूरपश्चिम प्रदेश सम्पर्क समिति आयोजनामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपाललले आफूले कहिल्यै घुस नखाएको दाबी गर्दै डराउनुपर्ने कुनै कारण नरहेको बताए ।

उनले नखाएको विष नलाग्ने उल्लेख गर्दै आफूले कहिल्यै घुस लिएको प्रमाणित गर्न चुनौति समेत दिए ।

उनले अन्याय गर्नेहरुको पतन हुने उल्लेख गर्दै सत्य र न्यायको पक्षमा दृढतापूर्वक अघि बढ्न पार्टी कार्यकर्ताहरुलाई आग्रह समेत गरे ।

उनले भने– ‘नबिराउनु, नडराउनु । बिराएको छैन भने डराउनुपर्ने कुनै आवश्यकता छैन । मान्छेको मनोबल गिराउने, मान्छेलाई तनावयुक्त बनाइदिने र मान्छेको व्यक्तित्वलाई सिध्याउने धेरै ठुलो अपराधी हुन्छ । तर अन्त्यमा फेरि सत्यको जित हुन्छ । असत्यको हार हुन्छ । न्यायको जित हुन्छ, अन्यायको हार हुन्छ । अन्याय गर्नेहरुको पतन हुन्छ । त्यसकारण उच्च मनोबलका साथ अगाडि बढ्नुपर्ने आवश्यकता छ । उच्च मनोबलका साथ अगाडि बढ्न म तपाईहरुलाई पनि आग्रह गर्न चाहन्छु । खाएको विष लाग्ने हो, नखाएको विष लाग्दैन । मैले त चुनौती दिने गरेको छु । मेरो जीवनका कुनैपनि समयमा घुस खाएको प्रमाणित गरेर देखाउनु होस् । माधव नेपालले कसैसँग एक रुपैयाँ घुस लिएको छ ? म चुनौतिका साथ भन्न चाहन्छु ।’

अध्यक्ष नेपालले सुदूरपश्चिाका कैलाली र कञ्चनपुर बाहेकका जिल्लामा समेत संगठन निर्माणमा तिब्रता दिन तल्लो कमिटीलाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु