Sunday, May 3, 2026
Zenith Migration Education
Sunday, May 3, 2026

चितुवाको आक्रमणबाट ५ वर्षीय बालकको मृत्यु

Zenith Migration Education

चितुवाको आक्रमणबाट बन्दिपुर–२ कुवादी कामिडाडामा पाँच वर्षीय उत्सव गुरुङको मृत्यु भएको छ।

करिब साढे ६ बजेको समयमा घर नजिकैको मकैबारीबाट एक्कासी आएको चितुवाले आक्रमण गर्दा घरको आँगनमा खेली रहेका गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

चितुवाले चिथोरेर भागेपछि गम्भिर घाइते गुरुङलाई उपचारको लागि बन्दिपुर अस्पताल लगिएको थियो। आवश्यक जाँचपछि उक्त अस्पतालले बालक गुरुङको मृत्यु भएको पुष्टि गरेको हो।

बालकको मत्युपछि बुबा दलबहादुर र आमा लगायतका आफन्त अर्धचेत अवस्थामा रहेको बन्दिपुर गाउँपालिका–२ नम्बर वडा अध्यक्ष तिलकबहादुर कुँवरले जानकारी दिए।

२०७४ सालदेखि हालसम्म ६ वर्षको अवधिमा गुरुङसहित १७ जना बालबालिकाले चितुवाको आक्रमणबाट ज्यान गुमाइसकेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु