Monday, September 14, 2026
Zenith Migration Education
Monday, September 14, 2026

गोप्य भिडियो खिचेको भन्दै रास्वपाले गर्‍यो आफ्नै नेतालाई कारबाही

Zenith Migration Education

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी अनुशासन उल्लंघन गरेको ठहर गर्दै एक निर्वाचन क्षेत्रस्तरीय पदाधिकारीलाई तीन दिनका लागि निलम्बन गरेको छ ।

पार्टीका अनुसार एक निर्वाचन क्षेत्र उपसंयोजकले पार्टीको अनुमति नलिई केन्द्रीय पदाधिकारीसँगको भेटको गोप्य भिडियो मोबाइलमार्फत रेकर्ड गरेका थिए । अनुशासनविपरीत भएको उक्त कार्यका कारण उनीमाथि कारबाही स्वरूप ३ दिनको निलम्बन गरिएको हो ।

रास्वपाले पदाधिकारीको व्यक्तिगत प्रतिष्ठामा आँच नपरोस् भन्दै कारबाही भोग्ने नेताको परिचय सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु