Tuesday, September 8, 2026
Zenith Migration Education
Tuesday, September 8, 2026

सिड्नीमा निधन भएकी विमला थापाको पार्थिव शरीर शनिबार नेपाल पुग्ने

Zenith Migration Education

सिड्नी—अध्ययनका लागि तीन वर्षअघि अष्ट्रेलिया पुगेकी नवलपरासी, गैँडाकोटकी विमला थापाको अप्रिल १३ मा सिड्नीको केम्सीमा असामयिक निधन भएको छ। उनको पार्थिव शरीर शनिबार(त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं पुग्नेछ।

शव बुझ्न विमलाकी आमा चित्रा थापा, आफन्तजन र छिमेकीहरू विमानस्थलमा उपस्थित हुने भएका छन्। समाजसेवी सावित्री अधिकारीले शव बुझाउने र अन्य प्रक्रियामा परिवारलाई सहजीकरण गर्ने जनाएकी छन्।

पारिवारिक स्रोतअनुसार विमलाको अन्त्येष्टि काठमाडौंस्थित पशुपति आर्यघाटमै गरिनेछ।

यसअघि, बुधवार सिड्नीस्थित एक फ्युनरल होममा आयोजित श्रद्धाञ्जली कार्यक्रममा मगर समाज अष्ट्रेलियाका सल्लाहकार तथा NINFA का पूर्व अध्यक्ष सुदर्शन थापा मगर, अध्यक्ष लुकेश रामजाली, उपाध्यक्ष रघु जुग्जाली, सदस्य सचिन गुरुङ र आशिष रामजाली सहभागी थिए। त्यस्तै, तराई समाज अष्ट्रेलियाका अध्यक्ष रञ्जित शाह, युवा अभियन्ता दिवस कार्की लगायतले पनि श्रद्धाञ्जली अर्पण गरेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु