Thursday, April 30, 2026
Zenith Migration Education
Thursday, April 30, 2026

राष्ट्रिय कराते टिमलाई एनआरएनएद्वारा नगदसहित सम्मान

Zenith Migration Education

सिड्नी, अष्ट्रेलिया – हालै सम्पन्न अष्ट्रेलियन ओपन कराते च्याम्पियनसिप २०२५ मा उल्लेखनीय सफलता हासिल गरेका नेपाली राष्ट्रिय कराते खेलाडी तथा प्रशिक्षकहरूलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले एक विशेष समारोहमार्फत सम्मान गरेको छ।

कार्यक्रम एनआरएनए अष्ट्रेलियाको मेरिल्याण्डस्थित कार्यालयमा आयोजना गरिएको थियो, जहाँ स्वर्ण पदक विजेता एरिका गुरुङ सहित कास्य पदक विजेता अन्य नेपाली खेलाडीहरूलाई सम्मानपत्र, मायाको चिनो तथा नगद एक हजार अष्ट्रेलियन डलर प्रदान गरिएको थियो।

सो अवसरमा राष्ट्रिय टिमका प्रशिक्षक कुशल श्रेष्ठ, मन्दे काजी श्रेष्ठ, अन्तर्राष्ट्रिय रेफ्री तारा गुरूङ श्रेष्ठ र अमिन राणालाई समेत सम्मान गरिएको थियो। एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले नेपाली खेलाडीहरूले अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याएको गौरवप्रति सम्पूर्ण नेपाली समुदाय गर्वित रहेको उल्लेख गर्दै, एनआरएनएले खेल क्षेत्रसँग सधैं सहकार्य गर्ने प्रतिवद्धता दोहोर्याए।

कार्यक्रममा नेपाल कराते महासंघका उपाध्यक्ष ओमकृष्ण प्रशाई, एनआरएनए आइसीसी सदस्य दिनेशराज जोशी, एनआरएनए न्यु साउथ वेल्स संयोजक विनोद कुँवर, नाया (NAYA) का अध्यक्ष विपिन थापा, एक्का (EKKA) का अध्यक्ष कोमल पाठकलगायत युवा अगुवा तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

समारोहको आकर्षक सञ्चालन वरिष्ठ पत्रकार हेमन्त काफ्लेले गरेका थिए। उनले भने, “खेलाडीहरू राष्ट्रका गहना हुन्। उनीहरूलाई सम्मान गर्नु हाम्रो गौरव हो।”

एनआरएनए अष्ट्रेलियाको यस पहलले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान झल्काउने खेलाडीहरूलाई थप प्रेरणा दिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु