सिड्नी— ओवर्न नेपाली समुदाय (ANC) द्वारा आईतवार आयोजना गरिएको नयाँ वर्ष २०८२ को शुभकामना आदान–प्रदान तथा BBQ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम ओवर्न पार्क, हचिन्सन स्ट्रिट र म्याक्वेरी रोडको संगमस्थलमा दिउँसो ३ बजेदेखि ७ बजेसम्म सञ्चालन भएको थियो।

समुदायका अध्यक्ष अरूण चन्द्र श्रेष्ठ, पूर्व अध्यक्ष जीतेंद्र श्रेष्ठ तथा उपाध्यक्ष हेमन लामिछाने ANTAका अध्यक्ष रन्जीत शाहले वर्षको शुभकामना व्यक्त गर्दै सबैमा एकता, समृद्धि र सुस्वास्थ्यको कामना गरेका थिए। कार्यक्रममा NRNA ICC सदस्य दिनेस राज जोशीले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा खेलकुद क्षेत्रमा विशेष योगदान पुर्याएका व्यक्तिहरूलाई सम्मान गरिएको थियो। चारपटक सार्क सुवर्ण पदक विजेता तथा तायक्वान्दो प्रशिक्षक दीपक बिष्ट, दुई स्वर्णपदकधारी कराते खेलाडी तथा राष्ट्रिय टिमका प्रशिक्षक मन्देकाजी श्रेष्ठलाई अध्यक्ष अरूण चन्द्र श्रेष्ठसहितका पदाधिकारीहरूद्वारा संयुक्त रूपमा सम्मान गरिएको हो।

कार्यक्रममा वरिष्ठ पत्रकार हेमन्त काफ्ले नयाका अध्यक्ष बिपिन थापा ओवर्न क्षेत्रका बासिन्दा “चितवन सिडनी ब्वाईज”लगायत समुदायका अगुवाहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो। BBQ पनि सहभागीहरूलाई निशुल्क रूपमा प्रदान गरिएको थियो, जसको व्यवस्थापन फ्रेश अर्गानिक सप्लायर्स फ्रिगेरिया द्वारा गरिएको थियो।

कार्यक्रमको समन्वय NNA की NSWसमयोजक सबला बस्नेतले गरेकी थिइन्।
कार्यक्रम सफल बनाउन विभिन्न व्यवसायिक संस्थाहरूले साथ दिएका थिए, जसमा नेपाली रिमुभल, सिड्नी ब्वाइज, प्रिसिजन होम, प्रोपर्टी प्लस, र रोसन सुपरमार्केट मुख्य थिए।





























